विराटनगर । विराटनगर महानगरपालिका–२ शनिहाटस्थित विराट महेन्द्र रात्री माध्यमिक विद्यालयले ६८ औँ स्थापना दिवस मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन पौडेलको अध्यक्षतामा आयोजित स्थापना दिवस कार्यक्रमको उद्घाटन कोशी प्रदेश सभा सदस्य शिला दीक्षित कार्कीले गरिन् ।
स्थापना दिवसको अवसरमा विद्यालयका शिक्षक चन्द्रकला थापासहित अक्षयकोष स्थापना गर्ने नमिता रायलाई सम्मानित गरिएको छ । स्थापना दिवसको अवसरमा विद्यालयले कक्षा १ देखि १० सम्म नियमित विद्यालय आउने र जेहेन्दार विद्यार्थीहरूलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको प्रधानाध्यापक झंकप्रसाद पराजुलीले बताए ।
त्यस्तै, आन्तरिक खेलकुद प्रतियोगिता, हाजिरीजवाफ, मेमोरी टेस्ट, किताब दौड लगायतका क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गरिएको जानकारी दिए ।
कार्यक्रममा विराटनगर–२ का वडाध्यक्ष कुमार पोखरेल, विराटनगर महानगर शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराई, पूर्व प्रअहरू डिल्ली पोखरेल, दीपक दाहाल, समाजसेवी सुभाष भारती लगायतको सहभागिता रहेको थियो ।
प्रअ पराजुलीले विद्यालयको वार्षिक शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा न्यून रहेको विद्यार्थी सङ्ख्यालाई आगामी दिनमा बढाउँदै शैक्षिक सुधारका लागि अघि बढ्ने घोषणा गरेका छन् ।
स्थापना दिवसकै अवसरमा पूर्व विद्यार्थी तीर्थराज निरौलाले आगामी १० वर्षका लागि विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालय सरसफाइ कार्यका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
View : 43
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved