Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
राजनीति

कांग्रेसले कोशीका सबै जिल्लामा पेशागत तथा वुद्धिजीवी विभाग गठन गर्ने

उद्‌घोष संवाददाता
२१ मंसिर २०८१, शुक्रवार

Advertisement

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश पेशागत तथा वुद्धिजीवी विभाग बैठकले प्रदेशका सबै जिल्लामा समिति गठन गर्ने निर्णय गरेको छ । 

बिहीबार विराटनगरमा विभागकी प्रमुख डा डिला संग्रौला एवम् नेका कोशीका सभापति उद्धव थापाको उपस्थितिमा भएको बैठकले कोशी प्रदेशका सबै १४ वटै जिल्लामा जिल्लास्तरीय पेशागत तथा बुद्धिजीवी विभाग गठनका लागि सम्बन्धित जिल्ला कार्यसमितिलाई अनुरोध गर्ने निर्णय गरेको हो । 

सो गठन कार्यका लागि सम्वन्धित जिल्लाका कोशी प्रदेश बुद्धिजीवी विभाग सदस्यले समन्वयन गरी गठन प्रक्रियामा सहभागी हुने पेशागत तथा बुद्धिजीवी विभाग कोशीका प्रमुख रामकुमार थापाले जानकारी दिए ।

View : 327

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved