Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

हिन्दु राष्ट्र अभियानमा वैदिक सनातन धर्म संरक्षण समिति

उद्‌घोष संवाददाता
२ असोज २०८२, बिहिवार

Advertisement

विराटनगर ।  वैदिक सनातन धर्म संरक्षण समितिले २०७५ सालमा स्थापना भएदेखि नै हिन्दु राष्ट्र अभियान र वैदिक सनातन धर्मको संरक्षणमा काम गरिरहेको बताएको छ। समितिका केन्द्रीय सदस्य केदार आचार्यका अनुसार, गुरु ब्राह्मणहरूको विशेष संगठनको रूपमा स्थापित सो संस्थाले कोशी प्रदेशमा आफ्नो संरचनालाई चुस्त र दुरुस्त बनाएको छ।

आचार्यका अनुसार, वैदिक परम्परा र सनातन धर्मको रक्षा तथा सम्बर्धन गर्नु नै संस्थाको मुख्य उद्देश्य हो। यसका साथै, समितिले आर्थिक रूपमा कमजोर सनातनीहरूलाई क्रियाकर्म र गाईदान जस्ता कार्यहरूमा सहयोग पुर्‍याउँदै आएको छ।

केन्द्रीय सदस्य आचार्यका अनुसार, समितिले कोशी प्रदेशका १३७ वटै स्थानीय पालिकाहरूमा आफ्नो संरचना विस्तार गरिसकेको छ, जुन वडादेखि गाउँपालिका तथा नगरपापालिका तहसम्म फैलिएको छ। यद्यपि, ७७ वटै जिल्लामा संगठन निर्माण गर्ने कार्य अहिले पनि जारी रहेको उनले बताए । 

समितिको केन्द्रीय समिति १७ सदस्यीय छ। समितिको अध्यक्षमा रामप्रसाद ओझा (चारपाने, विर्तामोड–२, छन् । त्यस्तै, उपाध्यक्षमा अग्नि सिक्देल, महासचिवमा खगेन्द्र निरौला (विर्तामोड–२) छन् । 

यसका साथै, सल्लाहकारहरूमा छन्दुराम भण्डारी, दीपक पराजुली, भवानीशंकर निरौला र अच्युत प्रपन्नाचार्य लगायतका वरिष्ठ व्यक्तिहरू छन् । आचार्यले केन्द्रीय समितिमा धनगढीका ढुण्डिराज ओझा र काठमाडौँका उत्तम उपाध्याय लगायतका व्यक्तिहरू पनि रहेको जानकारी दिए । 


 

View : 616

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved