Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

बाढी पहिरो

कोशीमा २२ को मृत्यु, २ बेपत्ता

उद्घोष सम्वाददाता
६ साउन २०८१, आइतवार

विराटनगर । यस वर्षको वर्षायाममा बाढी र पहिरोमा परेर कोशी प्रदेशमा २२ जनाको ज्यान जानुका साथै दुई जना बेपत्ता भएका छन् भने ३४ जना घाइते छन् । 

गत जेठ २८ देखि साउन ५ गतेसम्मको अवधिमा कोशी प्रदेशमा बाढी र पहिरोमा परेका ४९ जनालाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शनिबार दिउँसोसम्ममा एक सय २८ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । सात प्रदेशमा सबै भन्दा बढी ज्यान जाने गण्डकी प्रदेशका छन् ।

बाढी, पहिरो लगायतका विपद्मा परी गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३,  काठमाडौं उपत्यकामा २, मधेश प्रदेशमा ५, बागमती प्रदेशमा २२, कर्णाली प्रदेशमा ७ र  सुदूरपश्चिम प्रदेशमा ९ जना गरी जम्मा १ सय २८ जनाको मृत्यु भएको हो । 

बाढी पहिरोमा परी कोशी प्रदेशमा २, मधेश प्रदेशमा १, बागमतीमा २, गण्डकीमा १, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ८ जना वेपत्ता छन् । वेपत्ताहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमा कोशी प्रदेशमा ३४ जना, काठमाडौं उपत्यकामा ८, मधेश प्रदेशमा ९, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा ९, कर्णाली प्रदेशमा ३३ र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ४३ जना घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारको उपचार भइरहेको छ । साथै कोशी प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १२ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा ६६ जनाको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।

बाढीको कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन् । २ सय २८ वटा घर, ८३ वटा गोठ, ४३ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५ सय ८९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ३ हजार ७ सय ७९ घर परिवार विस्थापित भएका छन् ।

बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने कार्य भइरहेको प्रहरीको भनाइ छ । 

पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

View : 128

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved