विराटनगर । जेन्जी अभियन्ता माजिद अन्सारीको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङ अगाडि आइतबार राती प्रदर्शन गर्दै धर्ना बसेका विराटनगरका २६ जना युवा रिहा भएका छन् ।
उनीहरूलाई कागज गराएर अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीले रातको समयमा प्रहरीकै आवागमनमा अवरोध पुग्ने गरी गेटमा धर्ना बसेका उनीहरूलाई सम्झाउने प्रयास गरेपनि अटेर गरेपछि नियन्त्रणमा लिएर रातभर राखेको थियो । सोमबार विहान उनीहरूलाई सम्झाइबुझाइ गरेर आइन्दा यस्तो गतिविधि नगर्ने सर्तमा कागज गराएर छाडेको प्रहरीले जनाएको छ ।
कीर्तिपुरको होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवार डुबानमा परेपछि उनीहरूलाई भेट्न पुगेका जेन्जी अभियन्ता माजिद अन्सारीलाई त्यहाँ खटिएका प्रहरीले कुटपिट गर्नुका साथै बलपूर्वक नियन्त्रणमा लिएका थिए ।
प्रहरीको कुटपिटबाट उनी घाइते भएका छन् । प्रहरी नियन्त्रणमै शिक्षण अस्पतालमा अहिलेपनि उनको उपचार जारी रहेको छ ।
सोही घटनाको विरोधमा शनिबार राती झण्डै साढे ११ बजेतिर विराटनगरका युवाहरूले जिल्ला प्रहरी कार्यालय अगाडि गएर सरकारलाई दवाव दिने उद्देश्यले धर्ना बसेका थिए ।
View : 31
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved