तेस्रो वडाध्यक्ष कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता
विराटनगर । मोरङको कटहरीमा जारी तेस्रो वडाध्यक्ष कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा भारतको फारबिसगञ्ज र कटिहारको टोली क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
कटहरी–३ को खेल मैदानमा बुधबार भएको पहिलो खेलमा फारबिसगञ्जले युनाइटेड क्रिकेट एकेडेमी झापालाई ३७ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको फारबिसगञ्ज क्रिकेट एकेडेमीले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १८२ रन बनाएको थियो ।
उक्त टोलीका लागि एमडी अस्फाकले ४६ बलमा ८१ रन बनाएका थिए भने दिपक कुमारले १० बलमा २६ रन बनाएका थिए । बलिङतर्फ फारबिसगञ्जका खेलाडी अभिषेक राजा र नवनित कुमारले समान ३.–३ विकेट लिए ।
प्रत्युत्तरमा ब्याटिङ गर्न मैदानमा उत्रिएको झापा २० ओभरमा १ सय ४५ रनमा सीमित भयो । झापाका लागि करण प्रधानले ३० बलमा २८ रन र आयुष न्यौपानेले १८ बलमा २७ रनको योगदान दिए । झापा युनाइटेडको तर्फबाट आयुष न्यौपानेले सबझन्दा बढी ३ विकेट लिए ।
दोस्रो खेल विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमी र कटिहार त्रिकेट क्लबबीच भएको थियो । सो खेलमा डीएल मेथडको आधारमा कटिहार एक रनले बिजयी भएको छ ।
निर्धारित ओभरको समाप्ति अघि नै अध्यारो भएपछि आयोजक समितिले डिएल मेथडबाट खेलको परिणाम निकाल्ने निर्णय लिएको थियो । सो क्रममा विराटनगर १ रनले पराजित भएको हो । यसअघि घरेलु टोली कटहरीको वडा नम्बर ३ बी र कटहरी ३ केसीएसीले सेमिफाईनलमा सिट सुरक्षित गरिसकेका छन ।
फागुन १२ गतेबाट शुरू भएको प्रतियोगितामा कटहरी–३ का २ वटा टोलीका साथै झापा,मोरङ,सुनसरीका १४ वटा टोली र भारतको कटिहार तथा फारबिसगञ्जका २ टोली गरी १६ वटा टोलीको सहभागिता छ ।
प्रतियोगिताको उपाधि बिजेतालाई २५ हजार नगद तथा शिल्ड पुरस्कार प्रदान गरिनेछ । यस्तै उपबिजेतालाई १५ हजार नगद सहित शिल्ड प्रदान गरिने आयोजक समितिले जनाएको छ । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा फागुन १९ गते हुने तालिका छ ।
View : 220
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved