विराटनगर । विराटनगरको भाटभटेनी सुपरमार्केटमा उत्तेजित प्रदर्शनकारीले आगजनी गरेका छन् ।
मंगलबार दिनभरी सरकारी कार्यालयहरूमा तोडफोड गर्दै हिंडेका प्रदर्शनकारीहरू साँझ परेपछि भाटभटेनीलाई केन्द्रीत गरेर तोडफोड सुरु गरेका थिए ।
उनीहरूले भाटभटेनी अगाडि विभिन्न बैंकका एटिएम मेसिन तोडफोड गर्दै लुटपाटको प्रयास गरेका थिए । ठुलो संख्यामा जम्मा भएका प्रदर्शनकारीहरूले ढुंगामुडा गर्दै तोडफोड गर्ने क्रममा भित्रै आगजनी गरिदिएका छन् ।
तोडफोड र आगजनीमा जोगीजस्ता देखिने र नेपाली बोल्न नजान्ने व्यक्तिहरू समेत संलग्न देखिएका छन् ।
भाटभटेनीको आगो फैलिंदा दक्षिणतर्फ रहेको एभरेष्ट बैंकको कार्यालय र उत्तरतर्फका व्यक्तिका घर तथा पसलहरू समेत जोखिममा परेका छन् ।
आगजनी भइरहँदा स्थानीय प्रशासनले दमकल पठाउन सकेको छैन । विराटनगरको कुनैपनि स्थानमा प्रहरी देखिएका छैनन् ।
आगजनी भइरहँदा भाटभटेनीभित्र ठुलो ठुलो बिस्फोटको आवाज सुनिन थालेको छ ।
View : 395
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved