Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

मनमोहन विश्वविद्यालयमा कानुन पनि पढाई हुने

उद्घोष सम्वाददाता
२५ कार्तिक २०८१, आइतवार

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ पनि स्नातक र स्नातकोत्तरमा पढाई सुरु गर्ने भएको छ । विश्वविद्यालयले विराटनगरमा कलेज स्थापना गरेर आउँदो मंसिरदेखि पठनपाठन सुरु गर्न लागेको जनाइएको छ ।  स्नातकतर्फ विविए एलएलबी र स्नात्तकोतरतर्फ अपराध शास्त्रमा एलएलएम कक्षा सुरु गर्न लागिएको हो ।

स्नातकतर्फ नेपालमै पहिलो पटक विविए एलएलबीको पाठ्यक्रम निर्माण गरेर पढाई सुरु गर्न लागेको विश्व विद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले जानकारी दिए । 

‘व्यवस्थापन विषयसँगै कानुनमा दक्ष जनशक्ति उत्पादन गर्न हामीले नयाँ नमुना कोर्ष निर्माण गरेर पठनपाठन सुरु गराउन लागेका हौं’ उपकुलपति पोखरेलले भने । 

उपकुलपति पोखरेलका अनुसार विविए एलएलबीको कोर्ष ५ बर्षको हुनेछ । विद्यार्थीहरुले अति न्युन शुल्क ४ लाख ५० हजारमै कोर्ष पुरा गर्न पाउनेछन् । मनमोहनले नयाँ कोर्ष अनुसार कानुन पढ्न चाहने विद्यार्थीहरुलाई विशेष छात्रवृत्तिको व्यवस्था पनि गरेको जनाएको छ । 

महिला, दलित लगायतलाई ४५ सिटको कोटा मध्येबाट १० प्रतिशत छात्रवृत्ति प्रदान गरिने जनाइएको छ । 

विविए एलएलबी कोर्षमा सैद्धान्तिक नभएर बढि प्रयोगात्मक शिक्षामा जोड दिइनेछ । 

विश्वविद्यालयका कानुनी सल्लाहकार कोषराज न्यौपानेका अनुसार नयाँ कोर्ष अनुसार विविए एलएलबी र एलएलएमतर्फ कानुनी शिक्षा पढाउन विदेशबाट समेत विज्ञ शिक्षकहरु ल्याइने छ । 

कोशी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनमा हालसम्म सिभिल र इलेक्ट्रोनिक्स एण्ड ईलेक्ट्रिक ईन्जिनियरिङमा स्नातक, विफर्मा तर्फ स्नातक र अस्पताल व्यवस्थापनतर्फ स्नातकोत्तर तहको पढाई सुरु गरिसकेको छ ।

View : 43

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved