विराटनगर, भाद्र ३१ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २ गते बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।
नेकपा माओवादी केन्द्रले भदौ १४ मा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले चार महिनाका बीचमा दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्।
माओवादी समर्थनमा गएको बैशाख २७ गते मुख्यमन्त्री नियुक्त कार्कीले पहिलो पटक बैशाख ३१ गते विश्वासको मत लिएका थिए। गएको असार १७ मा केन्द्रमा एमाले–कांग्रेस गठबन्धन बनेपछि कोशीमा साउन ११ मा माओवादीले सरकार छाडेको थियो। भदौ १४ मा सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो।
सत्ता गठबन्धन परिवर्तन भएपछि कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा बनेको सरकारमा काँग्रेस सहभागी भएको छ। संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त मुख्यमन्त्रीको भूमिकामा एमाले नेता कार्की छन्।
९३ सदस्यीय कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्कीको दल नेकपा एमालेका ४० सांसद छन् भने सत्ता घटक काँग्रेसका २९ सांसद छन्। प्रदेशमा बहुमतका लागि ४७ जना आवश्यक पर्छ।
अहिलेसम्म विपक्षमा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।
View : 370
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved