विराटनगर, १८ कात्तिक : नेकपा(एकीकृत समाजवादी) मोरङ र विराटनगर महानगरपालिका कमिटीले विभिन्न चाडपर्वको अवसर पारेर शनिबार गरेको शुभकामना कार्यक्रममा नेकपा एमालेसहित विभिन्न पार्टीका नेता, कार्यकर्ता सहभागी भएका छन् ।
यसअघि आयोजना गरेका कार्यक्रममा एमाले कार्यकर्ताको शुन्यझैं उपस्थिति हुने गरेकोमा यस पटक भने नेकपा एमालेका केन्द्रदेखि नगर तहसम्मका कार्यकर्ता उपस्थित भएका हुन् । कार्यक्रम निर्धारित समयभन्दा निकै ढिलो सुरु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि माधवकुमार नेपाल आउन ढिला भएपछि कार्यक्रम ढिलो सुरु भएको हो ।
यद्यपि त्यसको कुनै फिक्री नगरी एमालेका केन्द्रीय सदस्य रामलाल साह, मोरङ जिल्ला कमिटी उपाध्यक्ष बाबुराम कार्की नेकपा एकीकृत समाजवादीले आयोजना गरेको कार्यक्रममा बसिरहे ।
ऊक्त कार्यत्रममा एमालेका अर्का केन्द्रीय सदस्य जीवन घिमिरे, एमाले प्रदेशसभा सदस्य खड्गबहादुर बस्नेत, शिलादीक्षित कार्कीलगायतका नेता कार्यकर्ता पनि सहभागी थिए ।
यस्तै शुभकामना आदान प्रदान कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई, नेकपा माओवादी केन्द्रका अमनलाल मोदी, प्रदेश मन्त्री गणेश उप्रेती, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडा, मोरङ व्यापार संघका उपाध्यक्ष अनिलकुमार साहलगायत नेकपा एसका पोलिटब्युरो तथा केन्द्रीय कमिटी सदस्यहरू, सांसदहरूसहित विभिन्न क्षेक्रका व्यत्तिहरूको बाक्लो उपस्थिति रहेको थियो ।
View : 130
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved