Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

मोरङ ४ :

दुई वडाको मत गन्दा रास्वपालाई ३ हजार १६५ मतको अग्रता

उद्‌घोष संवाददाता
२२ फागुन २०८२, शुक्रवार

विराटनगर । मोरङको क्षेत्र नम्बर ४ को मतगणना जारी छ ।

बिहीबार रातीदेखि सुरु भएको मतगणना कार्य जारी रहँदा रास्वपाका उम्मेदवार सन्तोष राजवंशी ३ हजार १६५ मतले अग्रता कायम गरेका छन् । यो परिणाम जम्मा दुईवटा वडाको गणना सकिंदाको हो ।

क्षेत्र नम्बर ४ मा २३ वटा वडा रहेका छन् । जसमध्ये दुईवटा वडाको मात्रै मतगणना सकिएको छ । 

पछिल्लो मतपरिणाम अनुसार मोरङ ४ मा रास्वपाका राजवंशीले ३८५८, कांग्रेसका गुरुराज घिमिरेले ६९३, नेकपाका अमनलाल मोदीले ६७१, एमालेका जीवन घिमिरेले ४११ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म कटहरीको वडा नम्बर १ र २ को मतगणना सकिएको जनाइएको छ ।

View : 129

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved