विराटनगर । विराट मानव सेवा समाज नेपालको साधारणसभाले कृष्णबहादुर बस्नेतको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ ।
संस्थाकी अध्यक्ष लीना उपाध्यायको अध्यक्षतामा भएको साधारणसभाले वरिष्ठ उपाध्यक्ष दिनेशराज सुवेदी, उपाध्यक्ष श्यामसुन्दर (मिलन) पौडेल, सचिव सञ्जित रिजाल, सहसचिवमा राजकुमार दाहाल र कोषाध्यक्षमा निर्मला अधिकारी र सहकोषाध्यक्षमा दिलिप तामाङ छन् ।
यसैगरी कार्यसमितिका सदस्यहरूमा गोपाल पौडेल, सीता बराल, चम्पा कार्की, मधु गुप्ता, विमला कार्की, राखी कार्की,सोमनाथ तिम्सिना र राजन न्यौपाने छन् ।
खासगरी मानसिक सन्तुलन कमजोर भएका असहायहरूलाई मानवीय कल्याणका दृष्टिकोणबाट स्वास्थ्य सेवा प्रदान गरेर तिनीहरूलाई सामान्य जीवनमा फर्काउने उद्देश्यले सो समाज स्थापन भएको समाजका उपाध्यक्ष दिनेशराज सुवेदीले बताए ।
View : 259
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved