विराटनगर : विराटनगर महानगरपालिका –१ पोखरियास्थित त्रिवेणी बचत तथा ऋृण सहकारीले शनिबार २६ औं वार्षिक साधारणसभाको अवसरमा आठ जना ज्येष्ठ नागरिक र पाँच जना मेधावी विद्यार्थीलाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा समाजका जेष्ठ नागरिकहरू चुडामणि शर्मा, टिकाकुमारी गुरागार्इं सोठीलाल चौधरी, महादेवी निरौला, तुलसा न्यौपाने अधिकारी, महानन्द गुरागाई र युवराज रिजाल छन् ।
त्यसैगरी सम्मानित हुने कक्षा १२ उत्तीर्ण तथा जेहेन्दार विद्यार्थीहरू कृतिम खडका, सिद्वान्त भट्टराई, यमन बंजारा, हिमालवावु कार्की र निर्मला दुलाल छन् । कोशी प्रदेशसभा सदस्य भीम पराजुली, वडा नं १ का वडाध्यक्ष काजीबहादुर बस्नेत, सहकारीकी उपाध्यक्ष अध्यक्ष निर्मला कोइरालालगायतले उनीहरूलाई सम्मान गरेका हुन ।
उत्कृष्ट तथा नियमित बचतकर्ताद्वय केशवप्रसाद पोखरेल र भास्कर अधिकारी पनि सम्मानित भए ।
विसं २०५५ सालमा ५८ हजारबाट शुरू गरिएको सहकारीको आर्थिक वर्ष २०७९/०८० असार मसान्तसम्म शेयर पुँजी एक करोड पाँच लाख ८९ हजार रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । चार सय ६६ शेयर सदस्य रहेको सहकारीको दुई तले आफनै भवन छ ।
View : 185
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved