विराटनगर । विराटनगर–१३ स्थित रामजानकी खाकी बाबा योग साधना केन्द्रको आयोजनामा दुई महिनादेखि निःशुल्क योग शिविर संचालन गरिएको छ ।
स्थानीय खाकी बाबा मन्दिरमा जेठ ३ देखि पतञ्जली योग महानगर समिति विराटनगर र पतञ्जली योग समिति मोरङ, महिला पतञ्जली योग समिति मोरङसँगको समन्वयमा नियमित रुपमा योग शिविर संचालन गरिएको प्रशिक्षक निलकण्ठ कट्टेलले जानकारी दिए ।
दैनिक योगअभ्यासले मानिसमा सामान्यदेखि जटिल रोगलाई नियन्त्रण गर्ने भएकाले महिला वालवालिकादेखि वयस्क र वृद्ध सवैको उल्लेख्य सहभागिता रहँदै आएको अर्का प्रशिक्षक जीवन घतानीले जनाकारी दिए ।
View : 525
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved