विराटनगर । धरानमा स्कुल बस दुर्घटना हुँदा कम्तिमा ५ जनाको मृत्यु भएको छ । आइतबार अपरान्ह धरान उपमहानगरपालिका–१३ स्थित जिरो प्वाइन्टमा स्कुल बस दुर्घटना भएको हो ।
दुर्घटनामा ५ जना बालबालिकाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक भिषण बाबु राईले बताए ।
भेडेटारतर्फबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको स्कुल बस जिरो प्वाइन्ट नजिकै ब्रेक फेल भएर ‘न्यु शबा मेडिकल’ मा गएर जोतिएको जनाइएको छ ।
बसको अगाडिको भाग क्षतिग्रस्त भएको छ ।
उद्दारमा खटिएका स्थानीय र प्रहरीले घटनास्थलबाट घाइतेहरुको उद्दार गरेका थिए । दुर्घटनामा कम्तिमा आठ जना गम्भीर घाइते भएको जनाइएको छ ।
मृत्यु भएका बालबालिकाहरू बसभित्रकै हुन् वा सडकमा हिंडिरहेका हुन् भन्ने यकिन हुन नसकेको प्रनाउ राईले बताए । दुर्घटनाको स्पष्ट कारण भने अझै पनि खुल्न नसकेको उनले बताए ।
दुर्घटनामा परेको बस जनकपुरस्थित इन्टरनेशनल टेम्स ऐकेडेमीको भएको खुलेको छ । बसमा उक्त विद्यालयका शिक्षक र कर्मचारीमात्रै भएको, विद्यार्थीहरु भने नरहेकाे जनाइएको छ ।
View : 157
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved