विराटनगर । विराटनगर महानगरपालिका–१५ रानीस्थित सुडीटोलमा एक वृद्ध दम्पतीको एकैदिन निधन भएको छ ।
एकैदिन निधन भएपछि उनीहरूको दाहसंस्कार समेत एउटै चितामा राखेर गरिएको छ ।
७८ वर्षीय धर्मचन्द साह र उनकी पत्नी ७१ वर्षीया चानोदेवी साहको शनिबार एकै दिन निधन भएको नेपाल सुडी समाजका अध्यक्ष सन्तोष साहले बताए ।
उनले श्रीमान् र श्रीमती दुवैजनाको एकैदिन असामयिक निधन भएपछि दाहसंस्कार पनि एउटै चितामा गरिएको जानकारी दिए ।
View : 1202
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved