विराटनगर । विगतमा नियुक्त भएका कोशी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ताहरुले पनि निजी स्वकीय सचिवमा भाञ्जा र छोरालाई नियुक्त गरी स्वकीय सचिवले पाउने तलब, भत्ता र अन्य सुविधाहरु आफैंले लिएको पाइएको छ । त्यसरी सुविधा खानेहरुमा पूर्वमुख्य न्यायाधिवक्ताहरु चुडामणि आचार्य, भोजराज श्रेष्ठ, गजेन्द्र आचार्य र बुद्धिबहादुर कटवालको नाम छ ।
वि.सं. २०७४ साल मंसिरको पहिलो प्रदेश सभाको निर्वाचन पछि एमाले संसदीय दलका नेता शेरधन राईको नेतृत्वमा १ नम्बर प्रदेश सरकार गठन भएको थियो । उनका फालामा २०७४ साल चैत २४ गते चुडामणि आर्चाय मुख्य न्यायाधिवक्ता नियुत्त भएका थिए । उनी मुख्य न्यायाधिवक्ताको पदमा २०७८ साल कात्तिक १६ गतेसम्म रहे । शुरुमा उनको निजी स्वकीय सचविमा अवसर मादेन थिए ।
२०७६ साल मंसिर १५ गते मुख्य न्यायाधिवक्ता आचार्यले भाञ्जा हरिकुमार पोखरलेलाई निजी स्वकीय सचिवमा नियुक्त गरे ।
चुडामणि आचार्य पछि २०७८ साल मंसिर १३ गते भोजराज श्रेष्ठ मुख्य न्यायाधिवक्ता भए । उनले पनि भाञ्जा विपिन शाक्यलाई निजी स्वकीय सचिव बनाए । विपिनलाई उनले २०७८ साल मंसिर १३ गतेकै दिन निजी स्वकीय सचिव बनाएका थिए । २०७९ साल असोज ८ गतेबाट उनी मुख्य न्यायाधिवक्ताको पदबाट हटे ।
श्रेष्ठपछि २०७९।६।९ बाट परिवर्तन राई मुख्य न्यायाधिवक्ता भए । उनी सोही सालको पुस २४ गतेसम्म पदमा रहे । उनले भने आफन्तलाई निजी स्वकीय सचिव बनाएको देखिदैंन । वि.सं. २०७९ साल माघ १७ गते मुख्य न्यायाधिवक्ता भएका गजेन्द्र आचार्यले आफ्नै छोरा लोकेश आचार्यलाई निजी स्वकीय सचिव बनाए ।
वि.सं. २०८० भदौ ५ गतेबाट मुख्य न्यायाधिवक्ता भएका बुद्धिकुमार कटुवालले पनि छोरा उद्धव कटुवाललाई निजी स्वकीय सचिव बनाएका थिए । बुद्धिबहादुर कटुवाल पछि पुनः गजेन्द्र आचार्य गत भदौ २५ गतेदेखि असोज २९ गतेसम्म मुख्य न्यायाधिवक्ता भए । केदार कार्कीको समयमा आएर गत पुस २२ गतेबाट रुपेश कोइरालालाई सो पदमा नियुक्त भएका छन् ।
सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा (३) फ्रयोग गरी मुख्य न्यायाधिवक्ताको कार्यालयबाट सो जानकारी लिइएको हो । मुख्य न्यायाधिवत्ता कार्यालय स्रोतका अनुसार चुडामणि आचार्य मुख्य न्याययाधिवक्ताबाट हटेपछि उनले कार्यालयको फर्निचर समेत घर लगेका छन् । कार्यालयबाट फर्निचर दिन माग गर्दार् उनले फर्निचर फिर्ता गर्न मानेनन् ।
उच्च पदमा बस्नेहरुमा उच्च नैतिकता र मर्यादा रहनु पर्नेमा उच्च पदमा बसेकाहरुले नै यसरी नैतिकताको पालना नगर्ने गरेको पाइएको छ । यस किसिमको चरित्र सांसदहरु र केही मन्त्रीमा पनि पाइएको छ ।
यसैबीच तत्कालिन मुख्य न्यायधिवक्ता भोजराज श्रेष्ठले स्वकीय सचिवमा नियुक्त गरिएका विपिन शाक्य आफ्नो कुनै नातागोताभित्रको नभएको बताएका छन् । उनले तत्कालिन मुख्यमन्त्री राजेन्द्र कुमार राईले नै सिफारिस गरेर पठाएकोले शाक्यलाई स्वकीय नियुक्त गरिएको स्पष्ट पारेका छन् ।
View : 224
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved