Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
वातावरण

जनचेतना सामुदायिक वनको १९ औं वार्षिक साधारणसभा सम्पन्न

उद्‌घोष संवाददाता
८ मंसिर २०८२, सोमवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचास्थित जनचेतना सामुदायिक वन उपभोक्ता समूहको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

सुन्दरहरैंचा उद्योग वाणिज्य संघको सभाहलमा साधारणसभा सम्पन्न भएको हो । 

कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईं रहेका थिए । 

सो सामुदायिक वनले २०६० सालमा स्थापना भई वडा नम्बर ९ र ११ का उपभोक्तालाई वन पैदावर काठ दाउरा उपलब्ध गराउँदै आएको छ । 

वन समूहका अध्यक्ष सीताराम पाण्डेले आर्थिक वर्ष २०८१÷०८२ को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८२÷०८३ को कार्ययोजना प्रस्तुत गरेका थिए । 

कार्यक्रममा लेखा समितिको प्रतिवेदन सोमराज थापाले प्रस्तुत गरेका थिए । 

सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख गोपाल दहाल, कार्यपालिका सदस्य रूजा घिमिरे, सामुदायिक वन उपभोक्ता महासंघ अध्यक्ष, विभिन्न सामुदायिक वन समूहका अध्यक्ष, उपभोक्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

View : 337

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved