विराटनगर । तेली कल्याण समाज नेपाल, मोरङले दुईदिने नेतृत्व विकास तथा वर्तमान कानुन सम्बन्धी आधारभूत प्रशिक्षक प्रशिक्षण तालिम शनिबार सम्पन्न गरेको छ ।
समाजको एकाईको रहेको नेतृत्वलाई दिएको तालिममा ३७ जनाको सहभागिता रहेको थियो ।
सहभागीलाई मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साह, अधिवक्ता सञ्जुकुमारी साह, पक्रकार धीरज दाहालले सहजीकरण गरेका थिए ।
कार्यत्रममा समाजका जिल्ला अध्यक्ष तथा सञ्चार उद्यमी डा बालकृष्ण साहले तेली जातको उत्पत्ति, इतिहास, नेपालमा तेलीको जनसंख्या तथा तेली कल्याण समाज नेपालको पूर्ण इतिहासबारे जानकारी गराएका थिए ।
View : 300
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved