Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

कर्मचारी अभावको गुनासो

महेन्द्र मोरङ क्याम्पसमा ६७औं त्रिवि दिवस भव्य रूपमा मनाइयो

उद्‌घोष संवाददाता
७ साउन २०८३, बिहिवार

Advertisement

विराटनगर ।  विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले पनि एक विशेष कार्यक्रमका साथ त्रिवि दिवस भव्यताका साथ मनाएको छ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्थापनाको ६७औं वार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ। 

 

बिहीबार बिहान क्याम्पसको मूल भवन परिसरमा आयोजित कार्यक्रममा क्याम्पस प्रमुख डा. रामावतार शरणले त्रिविको झण्डोत्तोलन गर्दै उपस्थित प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूलाई शुभकामना व्यक्त गरे ।

सो अवसरमा बोल्दै क्याम्पस प्रमुख डा. शरणले मुलुकको उच्च शिक्षामा त्रिभुवन विश्वविद्यालयको स्थापनाले अमूल्य योगदान पुर्‍याएको र ज्ञानको दायरालाई फराकिलो बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

 

कार्यक्रममा वक्ताहरूले त्रिविको ऐतिहासिक योगदानको प्रशंसा गर्नुका साथै क्याम्पसको वर्तमान अवस्था र दैनिक सञ्चालनमा रहेका व्यावहारिक कठिनाइहरूप्रति समेत ध्यानाकर्षण गराएका थिए।

त्रिवि प्राध्यापक संघका इकाइ अध्यक्ष नवीन अधिकारी, त्रिवि कर्मचारी संघका इकाइ सभापति प्रमोद कामत, कर्मचारी   अनिल कर्ण र डा. मोहनकुमार सुवेदीले शैक्षिक गुणस्तर वृद्धिका लागि त्रिविको भूमिका अपरिहार्य रहेको बताए।

तर, सोही क्रममा उनीहरूले महेन्द्र मोरङ क्याम्पसमा लामो समयदेखि कर्मचारीको चरम अभाव रहेको र यसले दैनिक प्रशासनिक कामकाजमा गम्भीर असर पुर्‍याएको गुनासो व्यक्त गरे।

 

त्यस्तै, स्ववियु सभापति रोहित यादवले त्रिविले नेपालको शैक्षिक क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको चर्चा गर्दै विद्यार्थीहरूको हकहित र क्याम्पसको 

व्यवस्थापनलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

 

प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको  उपस्थितमा गरिएकाे साे कार्यक्रमले त्रिविको ६७औं उत्सवलाई भव्य बनाउनुका साथै क्याम्पसको आन्तरिक प्रशासनिक सुधार र कर्मचारी व्यवस्थापनको आवश्यकतालाई समेत उजागर गरेको छ।

View : 245

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved