Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सुनसरीका ४० अति बिपन्न परिवारले पाए नयाँ घर

उद्‌घोष संवाददाता
१० मंसिर २०८२, बुधवार

सुनसरी । सुनसरीका ४० अति बिपन्न परिवारका लागि निर्माण गरिएको घरहरु हस्तान्तरण गरिएको छ । 

गढी गाउँपालिका–२ स्थित कोलर्हवा सामुदायिक ग्राममा निर्माण गरिएका ४० वटा घर सुनसरी जिल्लाको दक्षिणपूर्वी क्षेत्रका गरिब, विपन्न समुदायका भूमिहीन परिवारलाई मंगलबार हस्तान्तरण गरिएको हो । 

ग्रामीण महिला उत्सुकता विकास मञ्च फरवार्ड नेपालले अन्तर्राष्ट्रिय दातृ निकाय संस्था बुद्धिष्ट चुजी च्यारिटी फाउण्डेसनको वित्तीय सहयोगमा निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक घरहरूमा हस्तान्तरण गरिएको हो । 

गरिब तथा विपन्न समुदायको लागि सुरक्षित आवास निर्माण परियोजना अन्तर्गत निर्माण भएका ती घरहरुमा २ वटा शयन र एउटा भान्सासहित ३ वटा कोठा छन् । 

प्रति घर ६ लाख ५० हजार रुपैयाँ खर्च गरेर बनाइएको ती घरमा शौचालय, खानेपानीका लागि धारा जडान गरिएको र वातावरणमैत्री साथै पारिवारिक र समुदायमैत्री रहेको दाबी गरिएको छ ।

फरवार्डकी संस्थापक एवं सुनसरी क्षेत्र नम्बर ३ की निवर्तमान सांसद भगवती चौधरी, बुद्धिष्ट चुजी च्यारिटी फाउण्डेसनका उपसभापति लिन पी युले ४० परिवारलार्ई घरसँगै आवश्यक लक्ताकपडा र खाद्यान्न समेत हस्तान्तरण गरेका हुन् । 

फरवार्ड नेपालले सुनसरीको दुहबी, गढी, बर्जु र इटहरी उपमहानगरपालिकामा गरिब तथा विपन्न समुदायको लागि सुरक्षित आवास निर्माण गरिरहेको कार्यकारी निर्देशक द्रब्यराज चौधरीले जानकारी दिए । 

चार बर्ष अघि शिलान्यास गरिएको यस परियोजना अन्तर्गत दुहबी–९ मा १४ वटा, गढी २ मा ४० वटा, बर्जु १, ३ र ५ मा गरी ३० वटा र इटहरी ७ मा १६ वटा गरी १ सय घर निर्माण गरी हस्तान्तरण गरिएको चौधरीले जानकारी दिए । 

परियोजनाबाट यस क्षेत्रका भूमिहीन, विपन्न, दलित तथा मुसहर समुदायका घर परिवार प्रत्यक्ष रूपमा लाभान्वित भएको फरवार्डकी अध्यक्ष राजकुमारी चौधरीले जानकारी दिइन् ।

View : 159

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved