Biratnagar, Morang, Nepal
१९ फागुन २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

नेकपा एमाले मोरङ १० औं अधिवेशन

सुरु भयो मनोनयन दर्ता

उद्‌घोष सम्वाददाता
१९ फागुन २०८१, सोमवार

Advertisement

विराटनगर । विराटनगरको होटल मनास्लुमा जारी नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ । निर्वाचन कमिटीले मनोनयन फारम वितरण गरेसँगै आकांक्षी उम्मेदवारहरू धमाधम फारम भरिरहेका छन् ।

निर्वाचन कमिटीले फाराम निःशुल्क वितरण गरेकाले अहिले धेरै प्रतिनिधिका हातहातम फारम देखिन थालेको छ । जिल्ला कमिटीको १६५ सदस्यका लागि निर्वाचन हुनेछ । जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव २ सहित पाँच जना पदाधिकारी हुने छन् । निर्वाचनमा एमालेभित्रको संस्थापन र इतर दुवैले अध्यक्षदेखि सदस्यसम्म उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् ।

संस्थापनबाट राजकुमार ओझा र इतर समूहअन्तर्गत विनाद ढकालले नेतृत्व गरेको समूहबाट अजम्बर राईले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् । निर्वाचन कमिटीले केही समयअघि माइकिङ गरी १५ मिनेटपछि उम्मेदवारी दर्ता गर्ने जानकारी दिएको छ । निर्वाचन कमिटीले उम्मेदवारी दर्ता शुल्क सबैलाई समान ५०० रुपैयाँ तोके पनि त्यसमा थप सहयोग शुल्क पनि लिने भएको छ । जसअनुसार अध्यक्षको दुई हजार र सदस्यको एक हजार शुल्क तोकिएको छ ।

View : 132

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved