Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

चित्रगुप्त समाज कल्याण परिषदद्वारा ज्येष्ठ नागरिकहरुलाई सम्मान

उद्‌घोष सम्वाददाता
२० माघ २०८०, शनिवार

विराटनगर । तिनटोलियास्थित चित्रगुप्त समाज कल्याण परिषदले एक दर्जन बढी ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । परिषदले आफ्नो २५औं बार्षिक साधारणसभाको अवसरमा ७० बर्ष माथिका १५ जना ज्येष्ठ नागरीकहरुलाई सम्मान गरेको हो । 

विराटनगर-१० मा रहेको परिषद भवन कार्यालय परिसरमा आयोजित चित्रांश ज्येष्ठ नागरीक सम्मान कार्यक्रमकाबीच वडाभित्रका ज्येष्ठ नागरीकलाई सम्मान गरिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि डाक्टर नारायण कुमार, चित्रगुप्त समाज कल्याण परिषदका अध्यक्ष प्राडा नविनकुमार कर्ण र डाक्टर आदित्य मल्लिक स्मृति गूठीका अध्यक्ष चन्द्रकिशोर मल्लिक लगायतले ज्येष्ठ नागरीकहरुलाई फुलमाला, दोसल्ला र सम्मानपत्र सहित सम्मान गरे । सो अवसरमा ज्येष्ठ नागरीकहरुलाई उपहारस्वरुप हर्लिक्स लगायतका पौष्टिक खाद्यान्न सहितको उपहार प्रदान गरिएको थियो ।  

कार्यक्रमकाबीच वडा नम्बर १० का ८४ वर्षीया सावित्रीदेवी कर्ण, ८३ वर्षीय चन्द्रपति चौधरी, ७६ वर्षीया चन्द्रलतादेवी कायस्थ, ८१ वर्षीया राजकुमारी कर्ण, ७७ वर्षीय चिन्तामणि श्रीवास्तव र ७९ वर्षीया विभादेवी कायस्थलाई सम्मान गरिएको हो ।

त्यस्तै ८३ वर्षीय रमाकान्त श्रीवास्तव, ७८ वर्षीया सरितादेवी कर्ण, ७७ वर्षीय नित्यानन्द लाल दास, सावित्रीदेवी कर्ण, राधाकान्त दास, ८० वर्षीय सारदानन्द दास, पार्वतीदेवी चौधरी, ७८ वर्षीय कुशेश्वरलाल कर्ण र ७५ वर्षीया रिता श्रीवास्तवलाई सम्मान गरिएको जनाइएको छ ।

डाक्टर आदित्य मल्लिक स्मृति गुठीसँगको सहकार्यमा ज्येष्ठ नागरीकहरुलाई सम्मान गरिएको परिषदका अध्यक्ष प्राडा कर्णले जानकारी दिए । सो अवसरमा गुठीले छनौट गरेर वितरण गर्न बाँकी रहेका ३ जना विद्यार्थीलाई छात्रबृति समेत वितरण गरिएको थियो । 

कार्यक्रममा लामो समयदेखि नि:शुल्क होमियोपेथी क्लिनिक संचालन गर्दैआएका विमल कुमार कण्ठलाई समेत सम्मान गरिएको थियो । कण्ठले सविता कविता ट्रस्ट मार्फत २३ बर्षदेखि विराटनगर-१२ मा निरन्तर होमियोपेथीको निःशुल्क क्लिनिक संचालन गर्दै आएको आयोजक जनाइएको छ ।

कार्यक्रमकाबीच आयोजक संस्थाका कोषाध्यक्ष विजेन्द्र कर्णले परिषदको वार्षिक आय व्ययको विवरण प्रस्तुत गरियो ।

कार्यक्रममा पुर्वाञ्चल विश्वविद्यालयका पुर्व उपकुलपति घनश्यामलाल दास, मैथिल संचारकर्मी संघका अध्यक्ष नवीन कर्ण, परिषदका पुर्व अध्यक्ष शशिभूषण कर्ण, महिला कमिटी अध्यक्ष ममता कर्णसहित विराटनगरका विभिन्न वडाहरुमा रहेका चित्रगुप्त समाजका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता थियो ।

View : 192

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved