विराटनगर । अनलाइनमार्फत् नै बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले तिहारको समयमा गाउँघर जानेहरुलाई ५ प्रतिशतसम्म छुट दिने भएको छ ।
सहज किसिमले बसको टिकट काट्न सकिने व्यवस्था गरेको जनाउँदै बससेवाले आफ्ना प्लेटफर्मबाट टिकट काट्नेहरुलाई ५ प्रतिशतसम्म छुट दिने अफर ल्याएको हो । प्रविधिको उच्चतम प्रयोग गर्दै जोखिमरहित र झन्झटरहित तरिकाले घरमा बसी बसी आफ्नो मोबाइलबाट छुटमा बसको टिकट काट्न अनुरोध गरेको हो ।
बससेवाले देशभरका विभिन्न ४३३ गन्तव्यको टिकट काट्दा छुट उपलब्ध हुने जनाएको छ । प्रविधिमा जानकारी नहुने र अनलाइनको पहुँचमा नहुने व्यक्तिले पनि बससेवाका अन्य प्रयोगकर्ताको सहयोगमा सजिलै टिकट काट्न सकिने बससेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै बससेवा चलाउन नसक्नेहरूलाई बससेवाका अन्य प्रयोगकर्तासँग सहयोग लिएर टिकट काट्न पनि बससेवाले आग्रह गरेको छ ।
लाइन लागेर टिकट काट्ने बाध्यताबाट छुटकारा दिलाउनका लागि आमयात्रुलाई टिकट काटेर सहयोग गरिदिन बससेवाका प्रयोगकर्तालाई पनि बससेवाले आग्रह गरेको छ ।
देशका जुनसुकै स्थानबाट पनि काठमाडौंका लागि छुट्ने बसको टिकट काट्न सकिने हुँदा यसको प्रयोगबाट यात्रुहरू लाभान्वित हुने बससेवाले जनाएको छ ।
संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका मुख्य शहरमा रहेका १० हजारभन्दा बढी स्टेशनरी, पान पसल, ट्राभल एजेन्सीलगायतबाट बससेवा प्रयोग गरी टिकट काट्न सकिनेछ ।
ती स्थानबाट टिकट काट्दा पनि छुट उपलब्ध हुने बससेवाले जनाएको छ ।
सरकार तथा यातायात व्यवसायीले पछिल्ला दिनहरुमा अनलाइन टिकेटिङलाई प्राथमिकतामा राखेका कारण बससेवामा आवश्यकताअनसार टिकट उपलब्ध हुने बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले बताए ।
खनालका अनुसार बससेवामार्फत काठमाडौंबाट देशभरका सबै गन्तव्यको टिकट काट्न सकिन्छ भने देशका अन्य स्थानबाट पनि मोफसलकै टिकट काट्न सकिन्छ ।
७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढीको संख्यामा बससेवाबाट टिकट काट्न सकिने उनले बताए ।
यात्रुहरूले बससेवा डटकम तथा बससेवाको मोबाइल एप्लिकेसनबाट घरमै बसेर टिकट बुकिङ गर्न सक्ने बताइएको छ । बससेवा नेपालको पहिलो अनलाइन बस टिकेटिङ प्लेटफर्म हो । बससेवामा ५०० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् ।
सबै समिति तथा कम्पनीका हजारौं बसका लाखौं सिटको टिकट घरबाटै बुकिङ गर्न सकिने भएकाले यात्रुलाई सहज हुने विश्वास बससेवाको छ ।
View : 64
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved