विराटनगर । नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ (समाजवादी)ले विराटनगर महानगर कमिटी गठन गरेको छ ।
शनिबार आयोजित भेलाले बिमला तिम्सिनाको अध्यक्षतामा २५ सदस्यीय नगर कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा राधिका नेपाल र मञ्जु पौडेल (लक्ष्मी), सचिवमा कमला भट्टराई, उपसचिवमा गंगा पोखरेल (भट्टराई) र निर्मला राम र कोषाध्यक्षमा टीका शिवाकोटी चयन भएका छन् ।
नवनिर्वाचित कमिटीलाई नेकपा (एकीकृत समाजवादी ) का पोलिटव्युरो सदस्य महेश रेग्मी, अनेमसंघ (समाजवादी) का केन्द्रीय सदस्य मिरा दाहाल (हिरा), नेकपा (एस) महानगर अध्यक्ष वीरेन्द्र यादव लगायतले बधाई तथा शुभकामना दिएका थिए ।
View : 186
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved