विराटनगर । महिला क्रिकेट खेलाडीहरुको आत्मबल बढाउने उद्देश्यले शनिबार विराटनगरमा एकदिने कार्यशाला गोष्ठी आयोजना गरिएको छ ।
कार्यशाला गोष्ठीमा ४५ जना महिला क्रिकेट खेलाडी, प्रशिक्षक र उनीहरुका अभिभावकहरुको सहभागिता रहेको थियो । उनीहरुलाई ‘क्रिकेट बिथआउट बाउन्डिरज’को ‘हेड’ अनुगमन र मूल्याङ्कन प्रमुख बेलायतकी सरा बेगले प्रशिक्षण दिएकी थिइन् ।
उनी महिला क्रिकेट क्षेत्रको विकास र लैङ्गिक समानतको पक्षमा अहिले अनुसन्धान गर्दै आएकी छन् ।
उनको नेतृत्वमा अहिले कोशी र मधेश प्रदेशमा महिला खेलाडी उत्पादन गर्नुको साथै खेलकुद क्षेत्रबाट उनीहरुलाई आत्मबल बृद्धि गराउन लागि परेको नेपाल क्रिकेट फाउन्डेसनका मन्दिप साहले बताए ।
View : 105
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved