विराटनगर । कटहरी गाउँपालिका–३ स्थित श्री सहकारी संस्था लिमिटेडको १५ औं साधारणसभा सम्पन्न भएको छ ।
कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा संस्थाका लेखा संयोजक श्रीराम कामतले संस्थाको आयब्यय प्रस्तुत गरे ।
संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष हरिनारायण माझीले संस्थाले किसानहरुलाई थप सुविधा उपलब्ध गराउन आगामी दिनमा आफ्नो कार्यक्षेत्र विस्तार गर्ने योजना बनाइरहेको बताए ।
गाउँपालिका अध्यक्ष देवराज चौधरीले कटहरीको वडा नम्बर १ देखि ७ सम्म १० वटा सहकारीहरुले गाउँपालिकासँग अनुमति लिएर किसानहरुलाई मलखाद र बीउविजन लगायतका सामग्री सुलभ मूल्यमा उपलब्ध गराउँदै आएको बताए ।
आर्थिक बर्ष २०३३÷३४ मा स्थापना भएको सो सहकारीमा हाल ३ सय बढी किसान सदस्य रहेको जनाइएको छ ।
View : 97
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved