Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

चार दिनदेखि हराएकी महिलाको शव काँसघारीमा फेला

उद्‌घोष संवाददाता
१२ जेठ २०८३, मङ्गलवार

विराटनगर । चार दिनदेखि हराइरहेकी मोरङको उर्लाबारी नगरपालिका –१ लक्ष्मीझारकी ४५ वर्षीया सविता लिम्बूको शव बक्राहा खोला किनारको काँसघारीमा भेटिएको छ ।

लिम्बूको शव मंगलबार बिहान स्थानीयले गाईवस्तु चराउने क्रममा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय उर्लाबारीको टोली घटनास्थल पुगेर मुचुल्का तथा अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।

स्थानीयका अनुसार शव सड्ने अवस्थामा पुगेको र फुलिएको थियो । मृतकको पहिचान उनले लगाएको कपडाका आधारमा श्रीमानले गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाइएको छ ।

View : 165

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved