Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

साइबर ब्यूरोको नाममा ठगी गर्ने धनकुटाका चार जना पक्राउ

उद्‌घोष संवाददाता
२२ वैशाख २०८३, मङ्गलवार

Advertisement

विराटनगर । साइबर ब्यूरोको नाम दुरुपयोग गरी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनकुटा सागुरीगढी गाउँपालिका–३ बस्ने ३० वर्षीय दीपक लिम्बु, सुनसरी धरान उपमहानगरपालिका–९ बस्ने २१ वर्षीय सौरव भुजेल, धरान–१३ बस्ने २८ वर्षीय सजल राई र इनरूवा नगरपालिका–६ बस्ने २४ वर्षीय सृजन थापा रहेका छन् ।

नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटीको नाम दुरुपयोग गरी पीडितहरूलाई फोन सम्पर्कमार्फत डर, त्रास तथा प्रलोभनमा पारेर रकम पठाउन लगाई विद्युतीय माध्यममार्फत ठगी गरेको भन्ने उजुरीका आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय धरान सुनसरीको समन्वयमा उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।

उनीहरू उपर विद्युतीय माध्यमसम्बद्ध ठगी कसुरअन्तर्गत जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

View : 147

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved