विराटनगर । विराटनगर ट्रक व्यवसायी संघले ट्रक चालक तथा सहचालकहरूको निःशुल्क आँखा जाँच गरेको छ ।
विराटनगर आँखा अस्पताल र नेपाल नेत्र ज्योति संघ मोरङ शाखासँगको सहकार्यमा आयोजित शिविरमा १०२ जना चालक, सहचालकको आँखा जाँच गरिएको विराटनगर ट्रक व्यवशायी संघका अध्यक्ष सञ्जीव सिग्देलले बताए ।
मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित संघको ट्रक पार्किङ स्थलमा शिविर आयोजना गरिएको जनाइएको छ ।
चालक, सहचालकहरूलाई आँखामा आवश्यक औषधि समेत निःशुल्क वितरण गर्नुका साथै चश्मा सहुलियत दरमा प्रदान गरिएको थियो ।
जसमध्ये पाँच जनामा मोतियाविन्दुको समस्या देखिएको र उनीहरूको विराटनगर आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने जनाइएको छ ।
View : 195
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved