Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
प्रविधि

विद्युतीय प्राविधिकलाई प्रमाणपत्र वितरण

उद्घोष सम्वाददाता
२८ माघ २०८०, आइतवार

विराटनगर । नेपाल विद्युतीय प्राविधिक समूह विराटनगर महानगरपालिका इकाई कमिटिले आयोजना गरेको एलसीडी र एलईडी टीभीमर्मत तालिममा सहभागीलाई प्रमाणपक्र वितरण गरिएको छ ।

शनिबार  आयोजित  कार्यत्रममा विराटनगरका मेयर नागेश कोइरालाले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै सिकेको सीपलाइ व्यावसायिक रूपमा प्रयोग गर्न आग्रह गरे । आयोजकहरूका अनुसार तालिम गत बैशाखमै भए पनि प्राविधिक कारण प्रमाणपत्र भने वितरण गरिएको थिएन ।

सीटीईभीटी र इन्स्योर संस्थाको आर्थिक सहयोग एवं गौरीभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेनिङ प्रालिको प्राविधिक सहयोगमा  सो तालिम सञ्चालन भएको थियो । तालिममा झापा,मोरङ र सुनसरीका  एक सय टेलिभिजन प्राविधिकहरू सहभागी भएको नेपाल विद्युतीय प्राविधिक समूह विराटनगर महानगरपालिका इकाई कमिटिका अध्यक्ष प्रेमनाथ गुप्ताले जानकारी दिए ।

सीआरटी टीभीको मर्मत ब्यवसाय गर्दै आएका र नयाँ प्रविधिको एलसीडी तथा एलईडी टेलिभिजन मर्मतको बिषयमा समेत थप तालिम लिन इच्छुकहरूलाई सहभागी गराएर तालिम सञ्चालन गरिएको आयोजक संस्थाका कोषाध्यक्ष कुमार खड्काले जानकारी दिए । कार्यक्रमका बीच लाइफ लङ पोलिक्लिनकले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

View : 57

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved