झापा । झापाको दमक नगरपालिका–३ मा रहेको बेलडाँगी भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा तीनवटा घर जलेका छन् ।
आइतबार विहान करीव ३ बजे भएको आगलागीमा बेलडाँगी शरणार्थी शिविर सेक्टर सी–फोरमा रहेका घर पूर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताए ।
शिविरको छाप्रा नम्बर ५३५ मा भीमबहादुर घिमिरेको घरमा विद्युत सर्ट भएर आगलागी भएको जनाइएको छ । आगलागीबाट घरभित्रका रहेका अन्नपात, कपडा, भाडाकुँडा समेत जलेर नष्ट भएको जनाएको छ ।
प्रहरीले करीव पाँच लाख बराबरको क्षति भएको प्रारम्भिक जानकारी दिएको छ ।
दमक नगरपालिकाको दमकलको सहयोगमा प्रहरी र स्थानीयबासीसमेत जुटेर आगलागी नियन्त्रणमा लिइएको जनाइएको छ ।
View : 181
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved