Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

अरिहन्तको सुपथ मूल्यको टिस्यु पेपर

उद्‌घोष सम्वाददाता
१३ पुष २०८०, शुक्रवार

विराटनगर । सुनसरीको खनारमा कारखाना रहेको अरिहन्त अटो कोरोगेसन प्रालिले उत्पादन गरेको टिस्यु पेपरको विभिन्न भेराइटी विराटनगरमा जारी व्यापार मेलामा देख्न सकिन्छ । 

होटल, रेष्टुराँदेखि लिएर सरकारी कार्यालयमा समेत टिस्यु पेपरको प्रयोग बढिरहेको अवस्थामा बजारको सम्भावनालाई हेरेर पारस लुनिया तथा गिरिश लुनियासहितले यो व्यवसायमा हात हालेका हुन् ।

अरिहन्त अटो कोरोगेसनले ‘पियोर’ ब्राण्डमा टिस्यु पेपर उत्पादन तथा बिक्री गर्दछ । मेलाको स्टलमा भेटिएका कम्पनीकी स्टल प्रतिनिधि सरिस्मा गौतमले पियोर ब्राण्डमा ड्राइ(सुख्खा) तथा वेट(भिजेको) सबै प्रकारका टिस्यु पेपरमा ग्राहकको रुचि देखिएको बताउँछिन् ।

उनका अनुसार, दुई पत्र(टु–प्लाई) टिस्यु पेपर एक सय तथा दुई सयको संख्यामा फरक–फरक प्याकेटमा बिक्री भइरहेको छ । दुबै टिस्यु पेपर मेलामा किन्दा भारी छुट दिइने गरिएको गौतमले बताइन् ।

अरिहन्त अटो कोरोगेसनले बच्चा, युवा, महिला सबैलाई लक्षित गरी सामन्य मूल्यमा नै पाइने टिस्यु पेपरको प्याकेजिङ तथा मार्केटिङ गरिरहेको छ । त्यस्तै फरक–फरक तौल र क्वालिटीका ट्वाइलेट पेपरको उत्फादन तथा बिक्री गर्दै आएको छ ।

सुरुमा त्राफ्ट पेपर बनाउने उद्योगको रुपमा स्थापित अरिहन्तले पछिल्लो पटक टिस्यु पेपरको उत्पादनमा पनि उद्योग विस्तार गरेको हो । अरिहन्तका टिस्यु पेपर घर कार्यालय, सवारी साधन जहाँ पनि राख्न मिल्नेगरी बनाइएको कम्पनीकी स्टल प्रतिनिधि गौतमले बताइन् ।

View : 185

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved