Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

थारु महिलाको सालिक अनावरण

उद्‌घोष सम्वाददाता
१४ जेठ २०८१, सोमवार

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाको डंग्राहा चोकमा थारु संस्कृति झल्काउने महिलाको सालिक राखिएको छ । बुढीगंगा गाउँपालिकाको वडा नम्बर ७ डंग्राहा चोकमा मौलिक पहिरनमा सजिएको पूर्ण कदको महिलाको सालिक राखिएको हो । उक्त सालिको बुढीगंगा ७ का अध्यक्ष पंकजकुमार चौधरीले अनावरण गरेका छन् ।

आचरा खड्की पहिरिएर हातमा लोटा र फूल सहित स्वागत मुद्रामा उभिएकी महिलाको सालिक ५ फिट अग्लो छ । थारु संस्कृतिअनुसार ‘देखासुनी’ मुद्राको साालिक चोकमा राखिएको हो । थारु समुदायमा विवाहको छिनोफानो गर्न वर पक्षले समुहगत रुपमा कन्या हेर्ने प्रचलन छ । यस्तो प्रचलनलाई शुभ देखासुनी भनिन्छ ।

देखासुनीको क्रममा कन्या प्रस्तुत हुने मुद्रालाई सालिक मार्फत दर्शाइएको वडाध्यक्ष चौधरीले बताए । उनले वडाको साढे ३ लाख बजेटबाट मूर्ति तथा मूर्तिलाई राख्ने चौतारो निर्माण गरिएको जानकारी दिए । 

सो अवसरमा स्थानीयले पारम्परिक देखासुनीको झल्को दिनेगरी कार्यक्रम समेत गरेका थिए । कार्यत्रमका लागि स्थानीय ब्यक्तिहरू बरबधु गरी दुई पक्षमा बाँडिएका थिए । यस्तै एकजना युवतीलाई विवाहयोग्य कन्याको रुपमा प्रस्तुत गरिएको थियो ।

देखासुनीको वास्तविक अवस्था सृजना गर्न अन्य युवतीहरूसमेत सहभागी भएका थिए । सो क्रममा थारु विवाह परम्पराअनुसार बर पक्ष र बधु पक्षले वैवाहिक परम्पराअनुसार सम्पूर्ण गाउँलेका सामु आफ्नो कुल खान्दानको परिचय प्रस्तुत गरेका थिए ।

सार्वजनिक परिचयसँगै दुवै पक्ष विवाह गर्न सहमत भएपछि कार्यक्रम समापन भएको थियो । देखासुनीको महत्व युवा पुस्तालाई उजागर गर्न सालिक अनवारणको अवसरमा वास्तविकझैं देखिने गरी शुझ देखासुनी कार्यक्रम गरिएको समाजसेवी एवम् अधिवत्ता मधुसुदन चौधरीले जानकारी दिए ।

थारु संस्कृति संरक्षणको उद्देश्यसहित गरिएको प्रयास सराहनीय रहेको थारु कल्याणकारिणी सभा विराटनगर सभापति विद्यानन्द माझीले बताए ।
 

View : 227

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved