Biratnagar, Morang, Nepal
१८ माघ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट मुक्त भइएको छः प्रधानमन्त्री

उद्‌घोष सम्वाददाता
१८ माघ २०८१, शुक्रवार

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट संसद् मुक्त भएको बताएका छन् ।

आज प्रतिनिधिसभाको पाँचौँ अधिवेशन प्रारम्भका अवसरमा बैठकलाई सम्बोधन गर्दै उनले भने, “गएको छ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहोर्याउनु नपरेको एउटा सुखद पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु, सत्ताको नाउँमा प्वाल पारेर फुत्त अर्कै डुङ्गा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब रोक लागेको छ ।”

प्रधानमन्त्री ओलीले जनताको भरोसा र संसद्को दृढताले भरिएको आत्मविश्वास लिएर आफूू सदनमा उपस्थित भएको उल्लेख गरे ।

पार्टी टुक्र्याउने र भत्काउनेजस्ता कुरा यो सरकारको ‘मेन्यु’मा छैन प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्र्याउने र भत्काउनेजस्ता कुराहरू सरकारको ‘मेन्यु’मा नरहेको स्पष्ट गरे ।

उनले कांग्रेस–एमालेसहितको बलियो सरकारको प्राथमिकता त्यस्तो हुन नसक्ने भन्दै ढुक्क हुन सबैलाई आग्रह गरे ।

सरकार ढल्यो भनेर समय खेर नफाल्न आग्रह गर्दै उनले भने, “विपक्षमा रहेका साथीहरूले एउटा कुरामा आफ्नो समय व्यर्थमा खेर फालेजस्तो लागिरहेको छ–सरकार ढल्छ, ढल्नै लाग्यो । पुस मसान्त, माघे सङ्क्रान्ति काट्दैन । आदि इत्यादि । यस्तो गायन मनोरञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ, राजनीतिका मञ्चमा गाउन बन्द गरौँ ।”

बैठकमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागिता र हालैको छिमेकी चीनको औपचारिक भ्रमणबारे पनि जानकारी गराए ।

View : 30

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved