विराटनगर । दोस्रो राष्ट्रिय डोरीतान प्रतियोगिता फागुन १८ र १९ गते मोरङमा हुने भएको छ । डोरीतान संघ कोशी प्रदेशको आयोजना र केन्द्रीय समितिको अभिभावकत्वमा आयोजना हुन लागेको प्रतियोगिता यस अघि माघको २६ र २७ गतेलाई तय भएको थियो ।
डोरीतान संघ कोशी प्रदेश अध्यक्ष रिता न्यौपानेका अनुसार व्यवस्थापनको तयारी पूरा भइनसकेको तथा केही प्राविधिक कारणले प्रतियोगिता पछि धकेलिएको हो ।
राष्ट्रिय प्रतियोगितामा ३ वटा विभागीय र ७ वटा प्रदेशका टोलीसहित १० वटा टोलीले सभागिता जनाउने अध्यक्ष न्यौपानेले बताइन् । उनका अनुसार प्रतियोगिताको विजेताले नगद १ लाखसहित पदक, ट्रफी पाउनेछन् भने उपविजेताले नगद ५० हजारसहित पदक र ट्रफी प्राप्त गर्ने छन् ।
View : 374
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved