Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

कार्यसम्पादन मूल्याङ्कनमा मोरङ प्रशासन कमजोर

गृहमन्त्रालयले मंगलबार सार्वजनिक गरेको नतिजा अनुसार कोशी प्रदेशका जिल्ला मध्ये ९६ दशमलब ८७ अंकका साथ तेह्रथुमले पहिलो स्थान पाएको छ ।
उद्‌घोष सम्वाददाता
२३ साउन २०८१, बुधवार

विराटनगर । कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय मोरङ निकै कमजोर देखिएको छ । गृहमन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनको नतिजा अनुसार  ७७ जिल्ला मध्ये जिल्ला प्रशासन कार्यालय मोरङ ३९ औं स्थानमा परेको छ । ९८ अंकसहित रुपन्देही देशभरमै पहिलो बनेको छ । यस्तै ९७.७५ अंक ल्याई पाल्पा जिल्ला प्रशासन दोस्रो र ९७.६२५ अंक प्राप्त गरी बागलुङ तेस्रो भएका छन् ।

कोशी प्रदेशका १४ जिल्लामध्ये पनि मोरङ निकै कमजोर सावित भएको छ  । कोशी प्रदेशका १४ जिल्ला मध्ये मोरङ ९ औं स्थानमा झरेको छ ।  जिल्ला प्रशासन कार्यालय तेह्रथुम कोशी प्रदेशमा पहिलो नम्बरमा परेको छ  । 

मोरङले  १०० पूर्णांकमा ९२ दशमलब ४३ अंक पाएर कोशी प्रदेशको कमजोर जिल्लाको दर्जा पाएको छ  । प्रदेशको राजधानी र सुविधा सम्पन्न जिल्ला भएपनि मोरङ प्रशासन भोजपुर, ओखलढुंगा, सोलु, धनकुटा, इलाम जस्ता दुर्गम पहाडी जिल्ला भन्दा पनि निकै  कमजोर देखिएको हो । मोरङमा प्रेमप्रसाद भट्टराई प्रमुख जिल्ला अधिकारी छन् ।

तत्कालिन प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवको सरुवा भएपछि  भट्टराई गत पुस २ गते मोरङ प्रशासनमा हाजिर भएका थिए । 

गृहमन्त्रालयले मंगलबार सार्वजनिक गरेको नतिजा अनुसार कोशी प्रदेशका जिल्ला मध्ये ९६ दशमलब ८७ अंकका साथ तेह्रथुमले पहिलो स्थान पाएको छ ।

यसैगरी ९६ दशमलब ५६ अंकसहित सोलुखुम्बु दोस्रो र ९५ दशमलब ८७ अंकका साथ धनुकटा तेस्रो भएका छन् । त्यसपछि  क्रमशः झापा, इलाम, भोजपुर, सुनसरी, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर, संखुवासभा, खोटाङ र उदयपुरले क्रमागत अंक प्राप्त गरेका छन् ।

गृहमन्त्रालयले पहिलो, दोस्रो, तेस्रो र चौथो त्रैमासिक गरी चार चरणमा गरी जिल्ला प्रशासन कार्यालयहरुले शान्ति सुरक्षा, सेवाप्रवाह लगायतका कामको मूल्याङ्कन गरी प्राप्त अंकका आधारमा बरियता निर्धारण गर्ने गरेको छ ।

View : 197

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved