विराटनगर, २८ कात्तिक : विराटनगरमा पटका पड्काउँदा एक बालक गम्भीर घाइते भएका छन् । विराटनगर महानगरपालिका- ५ का ९ वर्षीय मोहम्मद अदिल घाइते भएका हुन् ।
हाल विराटनगर-८ वलुवाहीस्थित मामा घरमा बस्दै आएका अदिलले फुलझरी सल्काउने क्रममा अचानक अनुहारमा पर्दा उनको अनुहार र हातसमेत डढेको जनाइएको छ । घाइते बालकलाई कोसी अस्पताल पुर्याएर उपचार सुरु गराइएको विराटनगर वडा नम्बर ८ वडाध्यक्ष राम पोखरेलले जानकारी दिए ।
परिवारका सदस्यहरुको आर्थिक स्थिति अत्यन्तै दयनीय रहेका कारण बालकको उपचारमा कठिनाइ भइरहेको वडाध्यक्ष पोखरेलले बताए ।
'फुलझरी सल्काउने क्रममा उनको अनुहार जलेको जानकारी परिवारका सदस्यहरूले गराएका छन्' वडाध्यक्ष पोखरेलले भने, 'अवस्था गम्भीर देखेपछि उनलाई अहिले उपचारका लागि कोसी अस्पतालमा भर्ना गरिएको छ, अनुहार, हात र खुट्टामा जलेको छ ।'
घाइते बालककी आमा अप्सना खातुन र बुवा अबु रहमानले छोरा अदिलको उपचारका लागि सहयोग गरिदिन याचना गरेकी छन् । बालकको कोशी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको जनाइएको छ ।
वडाध्यक्ष पोखरेलले समेत उपचार सहयोग गरिदिन सहयोगी मनकारीहरूसँग आग्रह गरेका छन् ।
View : 182
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved