Biratnagar, Morang, Nepal
१९ चैत २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
राजनीति

प्रेस चौतारी नेपालको दशौं महाधिवेशन

राजेश राईले अध्यक्षको दावी छाडे, केही बेरमै अध्यक्षसहितको नामवली टाँसिदै

उद्‌घोष सम्वाददाता
११ चैत २०८१, सोमवार

विराटनगर । विराटनगरको होटल मनास्लु इनमा जारी प्रेस चौतारी नेपालको दशौं अधिवेशनको अध्यक्षको दावी राजेश राईले छाडेका छन् । सोमबार साँझ बन्दसत्रमा बोल्दै राईले अब आफूले अध्यक्ष पदको दावी छाडेको घोषणा गरेका हुन् ।
उनले अध्यक्ष छाड्नका लागि आफूले पार्टी नेतृत्वसँग कुनै अर्को पदको सौदाबाजी पनि नगरेको बताएका छन् । उनले भने, ‘अब मेरो पदको दावी हुने छैन, जे जति गरिन्छ सक्रिय पत्रकारिता गरिन्छ ।’ राईलाई अध्यक्षमा उम्मेदवारी नै दर्ता गर्न नदिई जबर्जस्ती अर्का उम्मेदवारलाई समर्थन गर्न बाध्य पारिएको हो । जुन कुरालाई उनले बन्दसत्रको हलमा भावुक भएर आफूले अध्यक्ष पद छाडेर पार्टी नेतृत्वलाई सजिलो पारेको बताए ।

नेकपा एमालेनिकट प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन आज सोमबार नयाँ नेतृत्वको घोषण गरी सम्पन्न हुँदैछ । चुनाव हुन नदिई एकतर्फी नामवली टाँस गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले अह्राएबमोजिम अहिले पार्टीका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र राजेन्द्र गौतम त्यसको अन्तिम तयारीमा जुटेका छन् । उनीहरूले गणेश पाण्डे अध्यक्षसहितको नामवली केही बेरमा टाँस्दै छन् ।

View : 676

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved