Biratnagar, Morang, Nepal
२१ साउन २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

‘सार्वजनिक ठाउँका झण्डा तीन दिनभित्र हटाउनु’

उद्‌घोष संवाददाता
२१ साउन २०८३, बिहिवार

Advertisement

विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले सार्वजनिक स्थान तथा सडक छेउछाउमा विभिन्न प्रयोजनका लागि राखिएका झण्डा तीन दिनभित्र हटाउन सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले सार्वजनिक अपिलमार्फत जिल्लाका विभिन्न सार्वजनिक स्थान तथा सडक–छेउछाउमा राखिएका फरक–फरक जातीय, धार्मिक, सांस्कृतिक तथा विशेष पहिचान झल्काउने झण्डा–ब्यानरहरू हटाउन आग्रह गरेका हुन् ।

यस्ता झण्डाले सार्वजनिक सौन्दर्यमा असर पर्नुका साथै व्यवस्थापनमा समेत चुनौती सिर्जना हुने भएकाले सम्बन्धित पक्षलाई तत्काल हटाउन आग्रह गरेको प्रजिअ अर्यालले जारी गरेको अपिलमा उल्लेख छ । हटाइएका झण्डा पुनः नराख्न पनि अनुरोध गरिएको छ । 

साथै, यस कार्यमा सम्बन्धित सरोकारवाला पक्ष तथा स्थानीय तहसँग समन्वय र सहयोगको अपेक्षा गरिएको प्रशासनले जनाएको छ ।

View : 18

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved