टि–२० क्रिकेट प्रतियोगिता सुरु
विराटनगर । विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगितामा इलामलाई हराउँदै उदयपुरले विजयी सुरुवात गरेको छ ।
विराटनगर–१९ वैजनाथपुर क्रिकेट मैदानमा मंगलबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा इलामलाई २९ रनले पराजित गर्र्दै उदयपुर विजयी भएको हो । जितसँगै उदयपुरले दुई अंक जोडेको छ ।
उदयपुरले दिएको ८६ रनको विजय लक्ष्य पछ्याएको इलामले १५ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सक्यो ।
यसअघि टस हारेर ब्याटिङ थालेकोे उदयपुरले १९ ओभरमा सबै विकेट गुमाइ ८५ रन बनाएको थियो ।
मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीको आयोजना र प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजनमा भएको प्रतियोगितामा ६ जिल्लाको सहभागिता रहेको छ ।
बुधबार दुई खेल हुने छन् ।
पहिलो खेल मोरङ र उदयपुरबीच हुनेछ । दोस्रो खेल आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकेडेमी र सुनसरीबीच हुने क्लबकी सचिव शान्ता जोशीले जानकारी दिइन् ।
चैत १६ गतेसम्म हुने प्रतियोगिताको विजेता हुने टिमले नगद १ लाख १ हजार रुपैयाँ र उपविजेता टिमले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
View : 73
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved