Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

मानवसेवा आश्रममा दर खुवाइयो

उद्‌घोष सम्वाददाता
२१ भदौ २०८१, शुक्रवार

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर–१० तिनटोलियास्थित मानवसेवा आश्रममा आश्रितहरूलाई बिहीबार तिजको दर खुवाएको छ ।

महानगरपालिकाले तिजका अवसरमा आश्रम परिसरमा आयोजना गरेको तिज मिलन कार्यक्रममा मेयर नागेश कोइरालाले आश्रमका आमाहरूसित तिजका गीतमा नाचेर खुसी साटेका थिए । मेयर कोइराला नाचेपछि आश्रित आमा र दिदीबहिनीहरू पनि खुसीले नाचेका थिए । 

महानगरपालिका मानवसेवा आश्रम संरक्षकसमेत हो । महिला र पुरुष राखेको दुवै भवनको घरभाडा महानगरले नै तिर्दै आएको छ ।

सो अवसरमा आश्रितलाई तिजका विशेष परिकार खुवाइएको थियो । त्यस्तै महानगरका तर्फबाट मेयर कोइरालाले ८४ थान झुल, ९४ कार्टुन विभिन्न खाजाका परिकारहरूसमेत प्रदान गरेका थिए ।

View : 108

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved