विराटनगर । भारतमा भैरहेको लोकसभा सदस्यको निर्वाचनलाई लिएर विराटनगरको फाट्का बजार चम्किएको छ ।
फाट्काबाजहरूका अनुसार भारतीय जनता पार्टीले यस पटक दुई सय सिट ननघाउने अड्कल छ । राजस्थानको फ्लोदी भन्ने ठाउँमा हुने फाट्का बजारले निर्वाचन परिणामको अनुमान लगाएर फाट्का खेलाउने गरेको एक फाट्का खेलाडी बताउँछन् ।
ती फाट्का खेलाडीका अनुसार भारतमा अबको सरकार इण्डिया गठबन्धनको हुनेछ । लोकसभा सदस्यको ५४३ सिटमध्ये इण्डिया गठबन्धनको ३०२ सिटदेखि ३०५ सिटसम्म आउन सक्ने अनुमान छ । भारतीय चुनावको परिणामलाई लिएर फाट्काबाजहरूले अर्बौंको दाउ लगाइरहेका छन् । यस पटकको निर्वाचनमा सबैतिर कडा टक्कर चलिरहेको बताइएको छ ।
भारतमा लोकसभा सदस्यको निर्वाचन गत चैत ३ गतेबाट शुरू भएको हो । सोमबार पाँचौं चरणको निर्वाचन सम्पन्न भएको छ । यही जेठ २२ गते (४ जुन २०२४) का दिन सातौं चरणको निर्वाचन भैसकेपछि मत गणना शुरू हुनेछ ।
मतदाता संख्याको हिसाबले भारत संसारकै सबभन्दा ठूलो लोकतान्त्रिक देश हो । पहिलो चरणको निर्वाचन र सातौं चरणको निर्वाचन झण्डै अढाई महिनाको अन्तरालमा हुँदैछ । निर्वाचनको समयावधि लामो भएकाले फट्काबाजहरूले लामो समयसम्म फाट्का खेलाउन र खेल्न पाएका छन् ।
View : 150
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved