Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

सुनसरी खोलामा डुबेका दुई मध्ये एक जनाको मृत्यु

उद्‌घोष संवाददाता
३ मंसिर २०८२, बुधवार

सुनसरी । सुनसरी खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । बाला चतुर्दशी मेलाका लागि रामधुनी मन्दिर पुगेका तीर्थालुमध्ये नुहाउने क्रममा बुधबार दुई जना डुबेका थिए ।

त्यसमध्ये एक जनाको मृत्यु भएको र एक जनाको प्रहरीले जीवितै उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।

प्रवक्ता खड्काका अनुसार आज बिहान करिब २ः३० बजेतीर नुहाउन पुगेका तीन जनामध्ये मोरङ सुन्दरहरैँचा–३ का ४१ वर्षीय देवेन्द्र भट्टराईको खोलामा डुबेर मृत्यु भएको अवस्थामा प्रहरीले शव फेला पारेको उनले बताए ।

इनरुवा नगरपालिका–५ का ५८ वर्षीय भीमराज काफ्लेलाई भने प्रहरीले जीवितै उद्धार गरी स्थानीय अस्पतालमा उपचारपछि दिउँसो घर पठाएको छ ।

त्यसैगरी, इटहरी उपमहानगरपालिका–१३ का रोहित काफ्ले खोलामा डुबेको केही समयमा आफैँ निस्किएको प्रवक्ता खड्काले बताए ।

View : 255

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved