विराटनगर । बाल मजदुर सरोकारको क्षेत्रमा कार्यरत संस्था सिविन नेपालले ३७ औं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । बुधबार विराटनगरमा आयोजित कार्यक्रममा सरोकारवाला संस्थाहरुका प्रतिनिधिले बालअधिकारको क्षेत्रमा सिविनको निरन्तरता आवश्यक रहेको बताए । अधिकारकर्मी दीनेश श्रेष्ठले बालबालिकाको क्षेत्रमा सिविनले सबैभन्दा महत्त्वपूर्ण काम गरेको बताए ।
अधिकारकर्मी देवी बाँस्कोटाले सिविन नेपालले आफूलाई समयअनुसार परिमार्जन गर्न आवश्यक रहेको सुझाव दिए । कार्यक्रममा इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरका प्रमुख सोमराज थापाले बाल अधिकारको क्षेत्रमा सिविन नेपालले महत्त्वपूर्ण काम गरेको बताए ।
सिविन नेपाल विराटनगरका प्रमुख बासु अधिकारीले सिविन नेपालले अहिले बालबालिकाको मानसिक स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । कार्यक्रममा अधिकारकर्मीहरु सीता शर्मा, सरिता खनाल, विनोद पोखरेल, नवराज निरौला, स्वस्तिका पोखरेल लगायतले सिविन नेपाललाई वार्षिकोत्सवको शुभकामना दिएका थिए ।
View : 178
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved