विराटनगर । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष अपग्रेड टु ग्यालेक्सी अभियान सार्वजनिक गरेको छ ।
यस अभियानअन्तर्गत ग्राहकहरूले आफनो पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन सिरिजमा सहज रूपमा अपग्रेड गर्न सक्ने कम्पनीले जनाएको छ ।
अफरमार्फत ग्राहकहरूले आकर्षक छुट, अतिरिक्त एक्सचेन्ज लाभांश विशेष टेलिकम अफर तथा सहज फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार ग्राहकहरूले शून्य प्रतिशत डाउनपेमेन्टमा २४ महिनासम्मको ईएमआई सुविधासमेत पाउनेछन् ।
अभियानअन्तर्गत ग्राहकहरूले आफनो पुरानो डिभाइस ल्याएर त्यसको मूल्यसँगै अधिकतम ८ हजार रूपैयाँसम्म अतिरिक्त एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् ।
सामसंङले विभिन्न मोडेलमा निश्चित छुट तथा एक्सचेन्ज बोनससमेत उपलब्ध गराएको जनाएको छ । यस विशेष अफरसँगै एनसेलको बोनस डेटा सुविधा पनि उपलब्ध हुनेछ ।
यो अफर मे २७ देखि जुन ३० सम्म देशभरका अधिकृत सामसङ रिटेल स्टोर तथा पार्टनर आउटलेटहरूमा उपलब्ध हुनेछ ।
View : 87
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved