विराटनगर, १२ मंसिर : मोरङको उर्लाबारी नगरपालिका–७ स्थित दिपक कार्कीले आफ्नै घरमा संचालन गरेको स्नेहा ज्वेलर्समा भएको आगलागीमा घाइते भएका थप एकजनाको निधन भएको छ ।
हाल उर्लाबारी–७ मा बस्दै आएका धनुषाको जनकनन्दिनी गाउँपालिका–१ का ४३ वर्षीय राम नरेस मरिताको उपचारका क्रममा वर्न हस्पिटल किर्तिपुरमा निधन भएको जनाइएको छ । मरितासहित उक्त आगलागी घटनामा परी मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ । मरिताले इटहरा रोडमा क्लिनिक संचालन गर्दै आएका थिए ।
शरिरको करीव १४ प्रतिशत भाग जलेको अवस्थामा उपचारका लागि काठमाडौं पु¥याइएका मरिताको सोमबार राती साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत कात्तिक २६ गते भएको आगलागी नियन्त्रण लिने क्रममा त्यहाँ पुगेका इलाका प्रहरी कार्यालय उर्लाबारीका चारजना प्रहरीसहित २८ जना घाइते भएका थिए ।
उनीहरु ज्वेलर्सभित्र रहेको ग्यास सिलिण्डर बिस्फोट हुँदा आगोको लप्काले जलेर घाइते भएका छन् ।
२४ जना घाइतेहरुलाई नेपाली सेनाको जहाजबाट उद्दार गरी बर्न हस्पिटल किर्तिपुर लगिएको थियो । दुईजना घाइनतेहरुको भने आफन्तले नै भारतको पटना लगेर उपचार गराइरहेको जनाइएको छ ।
उक्त आगलागी घटनामा घरधनी ६८ वर्षीय रुकुमबहादुर कार्कीको गत शनिबार राती उपचारकै क्रममा निधन भएको थियो । त्यसैगरी उर्लाबारी–७ मै बसोबास रहेका ४३ वर्षीय भारतीय नागरिक तपन पण्डित, ४९ वर्षीय हेमकुमार दाहाल र ४२ वर्षीय कुमार तामाङको निधन भइसकेको छ ।
View : 181
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved