उदयपुर । बेलका नगरपालिका-२ स्थित बानडाँडामा खेत जोत्न जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहान प्रदेश १-०४०० १ त१३३२ नम्बरको ट्याक्टर बानडाँडा क्षेत्रमा खेत जोत्न जाने क्रममा गिदेरी खोलाको उकोलोमा पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी ट्याक्टर चालक बेलका-२ बानडाँडाका १८ वर्षीय सोकिन्दर चन्द्रवंशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय रामपुरको टोली घटनस्थल पुगेर मृतकको शवलाई पोष्टमार्टम (मृत्युपश्चात् गरिने शवको जाँच) का लागि सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पताल पठाएको उनले बताए ।
“ट्याक्टरमा खेत जोत्ने उपकरण (रोटाजेटर) जडान गरिएको थियो । गिदेरी खोलाको उकाले चढ्ने क्रममा ट्याक्टरलाई लोड पर्न गई उक्त उपकरण खसेर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छौँ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु भइसकेको छ”, प्रहरी नायब उपरीक्षक थापाले भने ।
View : 17
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved