Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

मानवअधिकारको अवस्थाबारे छलफल

उद्‌घोष सम्वाददाता
२१ मंसिर २०८०, बिहिवार

विराटनगर : अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर १६ दिने अभियानअन्तर्गत बहिरा मावि विराटनगरमा मानवअधिकारको अवस्थाबारे छलफल कार्यक्रम गरिएको छ ।

राष्ट्रिय मानवअधिकार आयोग, कोशी प्रदेश कार्यालय, विराटनगरद्वारा आयोजित सो कार्यक्रममा १६ वटा दीप प्रज्वलन गरिएको थियो ।

कार्यक्रममा आयोगका प्रमुख पवनकुमार भट्ट, विद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष मीना जोशी, विद्यालयका प्रधानाध्यापक मीनु अधिकारी, आयोगका अधिकृत चिरञ्जीवी कोइरालाले मानवअधिकार, महिला हिंसा, बालअधिकार र समग्र कानुन र मानव अधिकारको अवस्था बारेमा प्रकाश पारेका थिए ।

View : 165

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved