विराटनगर । इण्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस् २०२४ मा नेपालको लुम्बिनी विकास बैंकले बेस्ट बैंकिङ अवार्डसहित पाँचवटा टाइटल जितेको छ ।
अवार्डको आठवटा विधाहरू मध्ये लुम्बिनी विकास बैंकले पाँच विधामा सहभागिता जनाई पाँचैवटा विधाको उपाधि जित्न सफल भएको हो ।
इण्डियन चेम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा गत अगस्ट २३–२४ मा आयोजना गरेको ‘बैंकिङ कन्क्लेभ २०२४’ मा सहभागी भएका बैंकहरू मध्येबाट यो अवार्ड प्रदान गरिएको जनाइएको छ ।
लुम्बिनी विकास बैंकले ‘वेस्ट बैंक अवार्डसहित वेस्ट पर्फमेन्स अन रिस्क म्यानेजमेन्ट, बेष्ट पर्फमेन्स अन एसेस्ट म्यानेजमेन्टतर्फ नेपाल विजेता बनेको हो । त्यसैगरी बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ लुम्बिनी विकास बैंकले ‘रनर–अप’ बनेको हो ।
बिमिस्टेक आवद्ध देशहरुमा सवैका लागि समावेशी बैंकिङ सेवा प्रदान गर्न प्रतिवद्ध रहने भावना अनुसार इमर्जिङ एशिया बैंकिङ अवार्डस् हुँदै आएको जनाइएको छ ।
यो प्रतिष्पर्धामा नेपालसहित भारत, नेपाल, श्रीलंका, भुटान र म्यानमार लगायत देशका बैंकहरू सहभागी थिए ।
इण्डियन चेम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न सूचक निर्धारण गरेर गतवर्षदेखि यो अवार्ड वितरण गर्न सुरु गरेको हो ।
View : 157
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved